सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपक दीपाको निर्माणमा तयार बनेको चलचित्र ‘छक्का पन्जा ४’ को माग्ने बुढाको स्वरमा रमाइलो गित रिलिज भएको छ। केदार घिमिरेको आफ्नै सब्द तथा कम्पोजमा तयार गितमा चलचित्रका मुख्य कलाकारदेखि लगभग सबै कलाकारहरुको व्यंग्या गर्दै रमाइलो टुक्का गासिएको छ। दीपाश्री निरौला, दीपकराज गिरीदेखि राज आचार्य,स्वस्तिमा खड्कासम्म सबैलाई समाबेश गर्दै पात्रअनुसारको ठट्टालाई जोड्दै चलचित्र हेर्ने मितिलाई हाइलाइट गरिएको छ।

निर्देशक हेमराज बिसी निर्देशित चलचित्र यहि आउँदो फागुन १७ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन गैरहेको छ। चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, निर शाह, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। बेनिशा हमाल रिपोटर तथा पत्रकारको पात्रमा बोल्ड देखिएकी छिन। चलचित्रको पटकथा दिपक राज गिरिले लेखेका हुन भने त्यसलाई निर्माण दिपक दिपाको सहकार्यमा गरिएको हो।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com