सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र छड्के २ र दिपक दीपाको ‘छक्का पन्जा ४’ चलचित्र आजदेखि अल नेपाल रिलिज भएको छ। ‘छड्के २’ बर्तमान युवापुस्ता र ग्याङ्गस्टरको कथामा आधारित छ भने छक्का पन्जा ४’ युवाको अलकाचो राजनीति, सामाजिक यथार्थ, प्रेम, गुण्डागर्दी, हिरोगिरी र गाउँबेशिको तितोसत्यजस्ता बिषयको ब्याङ्ग्यात्मक चित्रण रहेको छ। ‘छड्के २’ निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र हो। जसको चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका चलचित्रको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । अनमोलसंगै चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि मुख्य भूमिका रहेको छ।
त्यस्तै, ‘छक्का पन्जा ४’ निर्देशक हेमराज बिसी निर्देशित चलचित्र हो। चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, निर शाह, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। बेनिशा हमाल रिपोटर तथा पत्रकारको पात्रमा बोल्ड देखिएकी छिन। चलचित्रको पटकथा दिपक राज गिरिले लेखेका हुन भने त्यसलाई निर्माण दिपक दिपाको सहकार्यमा गरिएको हो।
©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com