सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लोकप्रिय गीत ‘झरनाको चिसो पानी’ को रिमेक बनेको छ।  दुई दशक भन्दा अगाडीको गीतमा  गीतकार तथा गायक सुरेश अधिकारीको स्वर रहेको थियो भने अहिले यहि गीत नयाँ स्वरमा सार्वजनिक भई सकेको छ।

गीतमा अहिले राजु लामा र मेलिना राईले आवाज दिएका छन। सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । गीतमा सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् । गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको सङ्गीत रहेको थियो ।

कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com