सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘तुइन पारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। समाजको वास्तविकता बोल्ने उक्त गीतको भिडियो निकै नै मार्मिक बनेको छ। सिङ्गो कथा नै बोकेको गीतको भिडियोमा हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंको गज्जबको अभिनय देख्न सकिन्छ। भने गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत भरेका छन।

नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् । नाजिरकै कथा पटकथा रहेको भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।

भिडियोलाई निर्देशक हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com