सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: १० बर्षपछि नेपालको चर्चित सांगीतीक समूह ‘मंगोलियन हर्ट’ ले अष्ट्रेलियामा प्रस्तुती दिने भएको छ । अष्ट्रेलियाका विभिन्न ८ शहरमा ‘मंगोलियन हर्ट’ आफ्नो सांगीतीक प्रस्तुती दिनेछ । नेपाली टच अष्ट्रेलियाको म्यानेजमेन्टमा कार्यक्रम हुने ‘मंगोलियन हर्ट’का म्यानेजर बबि लामाले जानकारी दिए ।
अष्ट्रेलियामा भएका दर्शक श्रोतालाई १० बर्षपछि फेरि भेट्न पाउँदा खुसी लागेको बबि लामाले बताए । ‘हामी आफ्नो पुराना तथा नयाँ गीतहरु दर्शक सामु प्रस्तुत गर्न एकदम अतुर छौँ ।’ बबिले भने ।

१९९२ सालमा स्थापना भएका लोक, स्लो रक, पप मेलोडी समुह सांगीतीक ‘मंगोलियन हर्ट’ मा राजु लामा भोकल, रिदम गिटारमा बबि लामा, ड्रममा सन्ताष थापा मगर, लिड गिटारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा बिनय महर्जन र मादलमा बाबु राजा महर्जन रहेका छन् ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com