सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सबिन श्रेष्ठले आफ्नो आगामी प्रोजेक्टका बारे जानकारी दिएका छन। उनले बुधबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पोस्टर सेयर गर्दै आफुले बनाउने फिल्मको औपचारिक घोषणा गरेका हुन्। सबिनले आफ्नो फिल्मको नाम भने ‘बाघचाल’ जुराएका छन।

उत्तरगया म्युजिक एण्ड फिल्म्स तथा सबिन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा राजीव गुरुङ (दिपक मनांगे)को प्रस्तुति रहनेछ। फिल्मलाई निर्देशन गर्दैछन भने शिवम अधिकारीले फिल्मको कथा लेखिरहेका छन। फिल्ममा ३ जना अभिनेता तथा २ जना अभिनेत्रीहरु मुख्य भूमिकामा रहेन जानकारी स्रोतले दिएको छ। फिल्ममा सबिन अभिनेताका रुपमा देखिन्छन या निर्माण टिममै रहेर काम गर्छन भन्ने बारे केहिपनि जानकारी बाहिरिएको छैन।

१० बर्ष अघि रिलिज भएको फिल्म बागचालकै नाम लिएर बन्न लागेको फिल्मअहिले अरु कुनैपनि जानकारी निर्माण टिमले दिएको छैन। सविन यस अघि हिरो रिटर्न्स भन्ने फिल्मबाट दर्शक माझ आउने कोसिश गरिरहेका थिए जुन कारणबस रिलिज हुनसकेन। हुनत सबिन गतबर्ष रिलिज भएको फिल्म ‘म’मा पनि देखिएका थियो जहाँ उनि अतिथि भूमिकामा देखिएका थिए।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com