सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने फिल्म निरफुलको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक २ मिनेट ३६ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी फिचर्ड छन। २०७२ सालको महाभूकम्पका कारण परिवारका सदस्यहरु घुमाएका परिवारको कथा फिल्मले बोल्छ। ट्रेलरमा आफ्नी छोरी खोज्न निस्किएका दम्पतिको संघर्षलाई देखाउन खोजिएको छ।

संचारकर्मी फुलमान बलको कथा तथा निर्देशन रहेको फिल्मलाई नेपाल–म्यानमार फ्रेन्ड्शिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो। सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा माया केसी, दीपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा र इन्द्र तामाङ, दिनेश लम्तरी मगर र अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ निर्माताका रुपमा देखिएका छन।

फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com