सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘लुट २’ पछि करिब ६ बर्षको विश्रामपछि अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म ‘दिमाग खराब’को छायांकन सुरु गरेका छन। सोमबार बुढानिलकण्ठ मन्दिरमा फिल्मको शुभमुर्हत गर्दै निश्चलले काभ्रेबाट फिल्मको छायांकन सुरु गरेका हुन्।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सेड्युल करिब ४० दिनको हुनेछ।पिपुल भर्सेस पावर (जनता विरुद्ध शक्ति )को थिम सहित सुरु भएको फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल लगायतका कलाकारको अभिनय रहनेछ । यसै फिल्मबाट स्वस्तिमाले  पहिलो पटक निश्चलले निर्देशन गरेको फिल्ममा सहकार्य गर्ने भएकी हुन्।
कार्तिक २४ गतेलाई रिलिज डेट तोकेको फिल्मलाई सुशन प्रजापतिले खिचिरहेका छन भने फिल्मका कार्यकारी निर्माता भने सुरज बम ठकुरी रहेका छन।

 

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com