सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इर्मन टिमले फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरेका हुन्। यस अघि टिजर सार्वजनिक गर्दै प्रमोसन सुरु गरेको फिल्मका टिमले ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई जोड दिएका हुन्। मर्डर मिस्ट्रीको कथाको आभाष हुने ट्रेलरमा फिल्मका मुख्य पात्रहरु विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जनलाई केन्द्रमा रखिएको छ।

स्काई प्रोडक्सन नेपालको ब्यानर तथा ह्याम्साएर एकाउन्टेनको सह लगानीमा बनेको फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माताका रुपमा रहेका छन भने बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको छ।

असार ८ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा  विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com