सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘हात्तीछाप’को छायांकन सुरु भएको छ। बालकुमारीको एक ग्यारेजमा निर्देशक सिमोस सुनुवारको एक्सनसँगै फिल्मको छायांकन सुरु भएको हो। पहिलो सर्ट लिनु अघि फिल्मका निर्माण टिम र कलाकारहरुले शुभ साईत गर्दै क्यामेरालाई पूजा गरेका थिए। ३० दिने छायांकन सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन १५ दिन काठमाडौँ र १५ दिन पोखरामा हुनेछ।

सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् भने फिल्मलाई सुशान्त प्रजापतिले खिच्दैछन। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा दयाहाङ राई र बेनिशा हमालले पहिलो पटक स्क्रिन सेयर गरिरहेका छन।

फिल्मलाई दुई नम्बरी फेम्ड निर्माता किरण नेपालीको लगानी रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com