सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘भगवत गीता’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। टिजरसँगै निर्माण टिमले फिल्मको नामपनि हेरेफेर गर्दै ‘एक भगवत गीता’ रखिएको छ। सार्वजनिक १ मिनेट ३२ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्कीलाई केन्द्रमा रखिएको छ। उनलाई कमलामाईको अवतारमा देख्न सकिन्छ। भने सुहाना थापा, धिरज मगरको चरित्र खुलेको छैन। प्रोमो सार्वजनिक भएसंगै फिल्मबारे कौतुहलता उत्पन्न हुन थालिसकेको छ।

सुहाना थापाको कन्सेप्टमा अभिनेत्री तथा निर्मात्री झरना थापाको निर्देशनमा बनेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिपिन कार्की, सुहाना थापा र धिरज मगरका अलावा कबिर खड्का जेविए एण्ड जेभिन श्रेष्ठ, संजोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

भदौ २९ गतेबाट देशभर एकसाथ प्रदर्शन हुनलागेको फिल्मको छायांकन जनकपुर र पोखरा आसपासका क्षेत्रमा गरिएको हो। फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द एवं राजेश श्रेष्ठको छायांकन रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com