सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ १ गतेबाट प्रदर्शन हुने फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ।  सार्वजनिक १ मिनेट लामो फिल्मको टिजरमा मुख्य पात्रहरुलाई स्थान दिइएको छ।  ‘सेड्स अफ डिजायर’ यानिकी ‘निराशाका छायाँहरु’ थिम सहित सार्वजनिक भएको टिजर बनिरहेको फिल्महरु भन्दा फरक भएको अड्कल गर्न सकिन्छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ । फिल्मलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् ।

एथोलजी विधामा रहेको यस फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । फिल्मलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्ममा सुशील सिटौला , पुष्कर कार्की , तुफान थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com