सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)को ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको छ। नाम विवाद पछि पनि प्रमोसनलाई तीव्र बनाउँदै फिल्मका निर्माण टिमले गीत सार्वजनिक गरेका हुन्। गीतमा फिल्मका मुख्य पात्र विपिन कार्की, सुहाना थापा र जेभिस जेभिनको नृत्य देख्न सकिन्छ। विशेष गरी तराईमा नवरात्रीको समयमा दुर्गाको आराधना गर्दै गर्ने नृत्यलाई झिझिया भनिन्छ। गीतमा नेहा प्रियदर्शनी र प्रवेश मल्लिकको आवाज रहेको छ। प्रवेश मल्लिककै सङ्गीत रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

आगामी शुक्रवारबाट देशभर प्रदर्शन हुन लागेको फिल्म अभिनेत्री सुहाना थापाको कन्सेप्टमा बनेको हो। अभिनेत्री झरना थापाको निर्देशनमा बनेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्का जेविए एण्ड जेभिन श्रेष्ठ, सन्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा झरना थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको छ। परिच्छेद सेन र पुरुषोत्तमले ढंगेलले फिल्मको संवाद लेखेका हुन्।

फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष् अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शङ्कर अधिकारी घायलको शब्द रचना रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com