सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भारतीय टेलिभिजनकी चर्चित कलाकार जयती भाटियाले हालै नेपालको ४ दिने भ्रमण गरेकी छन।

उनी चर्चित टीभी धारावाहिक “ससुराल सिमर का” मा माताजीको भूमिकामा देखिएकी थिइन। जुन लामो समयसम्म चल्ने सिरियलमा पर्छ।

उनले २७ अक्टाेबरमा आएर काठमाडाैंकाे पशुपतिनाथ, गुह्येश्वरी, बूढानीलकण्ठ, स्वम्भुनाथ र पोखराको महेन्द्र गुफा, फेवा तालको भ्रमण गरेकी हुन्। बिदा मनाउन नेपाल आएकी उनले पोखरामा २९ अक्टाेबर आइतबार बिहान हट एयर बेलूनमा उडेर दृश्यावलोकन पनि गरिन। भ्रमणको क्रममा उनले नेपाली खानाको पनि अनभुव लिइन्। उनले बिशेष गरि ढिडो निकै मन परेकाे बताइन्।

उनले टिवी धारावाहिकहरू “इन्टरनेट वाला लव”, लक डाऊन कि लव स्टोरी”, “कन्यादान” लगायत धेरैमा काम गरेकी छन। हालै अमेजन प्राइमको सिरिज “दहाड”मा सोनाक्षी सिन्हाको आमाको भूमिकामा देखिएकी थिइन् उनी।

उनले पनि अभिनय गरेको संजय लीला भन्सालीद्वारा निर्देशित “हीरा मण्डी”मा पनि काम गरेकी छन्। जसमा प्रमुख भूमिकामा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदर, रिचा चड्डाले काम गरेका छन्। जुन छिटै नेटफ़्लिक्समा आउने भएको छ। आफ्नो छोटो भ्रमण टुंग्याएर उनी सोमबार दिल्ली हुदै मुम्बई फर्किएकी छन्।

तस्बिर सौजन्य : विकास रौनियार 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com