सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’का टिमले फिल्म चौथो हप्तामा सफलताका साथ प्रवेश गरेको उपलक्षमा खुसी साटेको छ। राजधानीमा आयोजित एक कार्यक्रम मार्फत निर्माण टिमले फिल्मको सफलतालाई लिएर केक काट्दै खुसी साटेको हो।

सोहि कार्यक्रम बीच निर्माण टिमले पशुपति प्रसाद ३ बनाउने घोषणा समेत गरेको छ।  पशुपति प्रसाद १ र २को सफलता अनि दर्शकको मागलाई सम्बोधन गर्दै निर्माण टिमले प्रशुपति प्रसाद ३ बनाउन लागेको जानकारी दिएका छन।  दुवै सिक्वेल हेरेपछि दर्शकले ‘पशुपति प्रसाद ३’ को खोजी गरेकाले अपूरा कथा र छोडिएका पात्रहरूको कथा तेस्रोमा पूरा निर्माण टिमले बताएको छ। फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी दोहोरिने छन् भने बाकी कलाकारहरु बारे निर्माण टिमले खुलाएको छैन।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com