सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ। हाल प्रमोसनमा व्यस्त रहेका निर्माण टिमले प्रचारलाई तिव्र बनाउदै फिल्ममा समावेश ‘झ्यालको’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा सनुप पौडेल र झुमा लिम्बुले आवाज भरेका छन। झुमा लिम्बुको कम्पोजिसन रहेको गीतको शब्द रचना हर्क साउदको रहेको छ।

उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुनाका अलावा दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको मुख्य भूमिका रहेको छ।

छायांकार शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेको फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माताका रुपमा रहेका छन।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन, सिजन दाहाल कार्यकारी निर्माता, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com