सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ११ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’को रिलिज डेट प्रि-पोण्ड भएको छ। अब भने फिल्म एकहप्ता अघि नै रिलिज हुने भएको छ। फिल्मलाई अब  संविधान दिवसको अवसरमा असोज ३ देखि दर्शकले हेर्न पाउने भएका छन।

निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् । ‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो ।’ नीताले भनिन् । फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना थापा यहि फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन् ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com