सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ईश्वरको ‘तिमी आयौँ’ बोलेको गीत सार्वजनिक भएको छ । कृष्ण काफ्ले स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाहलाई रोमान्टिक देख्न सकिन्छ ।

राजु गिरी निर्देशित फिल्ममा पृथ्वी र अनुका अलावा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् । फिल्ममा अर्जुन पोखरेल, संगीत, कविराज गहतराज, कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com