सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

– सन्ध्या थापा 
सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मोदिबेनी, मौलिक नेपाली जीवनमा आधारित रहि पंचायतकालको संघारमा हुर्केका दुई वयस्क र उनीहरु पछिका युवापिढीहरुको प्रेमको काहानी बोकेको सुपर्न्यचुरल कथाबस्तुमा आधारित चलचित्र हो।

रेजिना उप्रेतीको सिनेमा क्षेत्रमा पुनरागमन भएको सिनेमा हुनुका साथसाथै बर्षा सिवाकोटी प्रमुख पात्रमा रहेको सिनेमामा नारी पात्रको बलियो भूमिका देख्न सकिन्छ। प्रमुख पुरुष पात्रमा नव कलाकारद्वय अमर प्रताप श्रेष्ठ र दिलिप के सी छन् भने सरोज खनाल, प्रवीण खतिवडा र जीवन भट्टराई प्रमुख सहायक पात्रमा प्रस्तुत भएका छन्।

चलचित्र बनाउनुको उदेश्य फिल्म निमार्ण कर्ताहरुको चलचित्रलाई प्रस्तुत गर्ने तरिकाबाट लगभग प्रस्ट हुन्छ। बलियो एउटा स्पस्ट उदेश्य राखेर बनाउदा चलचित्रलाई मुर्त रुप दिन तुलनात्मक हिसाबमा सरल हुन्छ, विशेष गरेर पहिलो पटकको काम हुदाँ। चलचित्र निर्देशक शंकर कोइरालाको पहिलो चलचित्रलाई उनले सुन्दर श्रव्यदृश्य बनाउने भरपुर मेहेनत गरेको सुरु देखि अन्त्य सम्म प्रस्ट देखिदा देखिदैपनि चलचित्रको इण्टर्भल पुर्व र पछि चलचित्रको मर्म नै अर्कै बन्न पुगेको देखिन्छ जसले गर्दा चलचित्र बनाउनु को उदेश्य सुसुचित गर्नु हो कि, मनोरंजन दिनु हो कि, वा सुपर्न्यचुरल तत्वले दर्शकलाई रोमान्चित बनाई मनोरंजन दिन खोजिएको हो – प्रस्ट छैन। एउटा चलचित्रमा यति र यहि मात्र हुनपर्ने भन्ने हुदैन यद्यपि यी सबकुरा मिलाएर बुन्न नसकेको समयमा भने चलचित्र पूर्ण नभई -फ्राग्मेंट्स जस्तो बन्छ।

चलचित्रको निकै प्रसंसा गर्न सकिने पक्ष भनेको सेटिङ्ग हो। नेपालको मौलिक घर त्यसका रंग अनि संरचनालाई चलचित्रले राम्रो ढंगमा प्रस्तुत गरेको छ। इण्टर्वल पछिको सुपर्न्यचुरल तत्व चलचित्रको वोर्थ ए वाच पक्ष हो। पानी परिरहदाको दृश्य, घाटको वरिपरिको वातावरण र रातको समयमा एकलास ठाउँमा रहेको पाटिले थ्रिल दिएको छ।

त्यस्तै यथास्थिति वादमा मौलायको नेपाली समाजको जरो समातेको पात्रहरुको डाइनामिजम नै मेजर क्राइसिसको कारण हुन् जस्तै रेजिना उप्रेतीले निर्वाह गरेको पात्र, त्यस्तै अमर (अमर प्रताप श्रेष्ठ )अनि पुर्णिमा (वर्षा सिवाकोटी ) टिपिकल प्रेमिल जोडी बनेका छन्। अमर प्रताप श्रेष्ठको पहिलो चलचित्र भएकाले उनले अझै धेरै आफुलाई निखार्न मेहेनत गर्न पर्ने देखिन्छ। वर्षाको अभिनयमा धेरै खोट लगाउन पर्ने अवस्था नभएपनि उनको पहिरनले गर्दा उनलाई गाउँले परिवेशमा मेल खाएको भने देखिन्दैन तर अर्को पात्र जसलाई स्नेहा भट्टराईले निर्वाह गरेकिछिन, उनको अभिनय संगसंगै पहिरन अनि हाउभाउ प्रसंसनिय छ। तर लवच अझ राम्रो गर्न सक्थिन।

फ्ल्याश ब्याकको सैलि हेर्दा पहिलो हाफमा दर्सकले झिजो मानेता पनि दोश्रो हाफ हेरेपछि फ्ल्याश ब्याक सैलिले सार्थकता पाएको महसुस गर्ने छन् तर दर्शकले दोश्रो हाफ हेर्ने धर्यता कायम गर्छन भने मात्र।

फिल्म हेरेपछि केहि प्रस्न अन्नुतरित नै रहन्छ जस्तै :
अमरको आमाको के भयो ?
अमरको बुवालाई घिर्णा किन गरिन्थ्यो ?
जमिन्दार यानिकि सरोज खनालको निधनको बिषय ?
फिल्मको नाम किन मोदिबेनी ?

कालिगण्डकि नदिकोको साखा नदि मोदी र म्याग्दीको सदरमुकाम – बेनीको नामबाट बनेको चलचित्रको नाम किन मोदिबेनी रह्यो अझ स्पस्ट भनिएको भए नाम औचित्यपूर्ण लाग्थ्यो।

अन्त्यमा चलचित्रको पात्र अनि अभिनयको दृस्टीकोणमा दर्सकलाई हेर्दा मजाको महसुस गराउने कलाकारहरु- प्रविन खतिवडा, जीवन भट्टराई र कमलमणि नेपाल रहेका छन्।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com