सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपाली चलचित्रका महानायक अभिनेता राजेश हमाल ८ वर्षपछि चलचित्रमा फर्किने पक्का भएको छ । चलचित्रमा फर्किने जानकारी अभिनेता हमालले केहि दिन अघि आफ्नो सामाजिक सन्जाल बाट गराएका थिए ।

निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्ने  एक्सन-थ्रिलर चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम ‘नरसिंहा अवतार’ राखिएको छ ।  नरसिंहाको उग्र अवतार थिम पोस्टरमा देखिनुले पनि चलचित्र एक्सनमय हुने संकेत गर्दछ ।

सामाजिक कथामा आधारित हुने चलचित्रलाई एक्सनप्रधान हुनेछ भने चलचित्रमा हमालको शीर्ष भूमिका रहनेछ ।

चलचित्रको लेखन तथा निर्देशन भट्टराईकै हुनेछ । भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा चलचित्र छायांकनको तयारी रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com