सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पावर प्याक कमर्सियल ट्रेलर रिलिज गरिएको छ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ट्रेलर रिलिज गर्दै फिल्मको प्रमोसनलाई तिव्र गरेको हो। ३  मिनेट ३ सेकेन्ड लामो फिल्मको ट्रेलरमा पललाई एक्सन अवतारमा देख्न सकिन्छ।  ट्रेलरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह्री र जुँगाको गेटअपमा देखिएका पलले गरेको द्वन्द्वलाई ट्रेलरमा प्राथमिकतामा राखिएको छ ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com