सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्तरुपमा प्रदर्शन गर्ने साथै अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘सानो संसार’ को  गीत ‘मग मग फुलबारी ‘ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । राजन राज शिवाकोटीको शब्द / संगीत अनि  राजन राज शिवाकोटी र मेलिना राइको स्वर रहेको गीत ‘मग मग फुलबारी ‘मा चलचित्रका मुख्य कलाकारहरुको रमाइलो नृत्यलाई सुजान खड्का र मनोज खड्काले निर्देशन गरेका छन् ।

चलचित्रमा  ‘लुट’ का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको छ ।

यस चलचित्रबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवी तिमल्सिना चलचित्र अभिनयमा डेब्यु गर्दैछिन् । चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन्

फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।

चलचित्र ‘सानो संसार’ अब असोज ११ गतेमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले पूर्वनिर्धारित प्रदर्शन मितिमा हेरफेर गर्दै नयाँ रिलिज मिति घोषणा गरेका हुन् ।

 

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com