सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: फिल्म ‘१२ गाउँ’को पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा समिर भट्ट र सोनु चन्द्रपालको रोमान्स र नोकझोक देख्न सकिन्छ। गीतमा बलिउड गायक नकाश अजिजको स्वर, पोखरेलको शब्द तथा संगीतले सजिएको छ। गीतको भिडियोमा हिट कोरियोग्राफर सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ।

विराज भट्ट विराज भट्ट प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

अभिनेता विराज भट्टको निर्माण, निर्देशन र कथामा तयार भएको फिल्ममा सन्तोष सरकारको पटकथा तथा संवाद तथा स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन छ ।

असोजको २४ गते फूलपातीको अवसर पारेर रिलिज हुने फिल्ममा समिर सोनुका अलावा न्यान्सी खड्का, सनिषा भट्टराई,  मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के कृष्ण भट्ट लगायतका कलाकारको पनि अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com