सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्र निर्माण पक्षले आइतबार चलचित्रको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।

वितरकका अनुसार चलचित्रले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com