सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो ।

यसअघि नै चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसारचलचित्रमा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ । अहिले आफूहरु कलाकार चयनकै क्रममा रहेको उनले बताए । उनले भने, ‘छायाङ्कनमा निस्कन अझै समय बाँकी छ । बिस्तारै अनुबन्ध भएका कलाकारहरुको नाम खुलाउँदै जानेछौं ।’

खनालका अनुसार हरिवंश यस चलचित्रमा आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गर्नेछन् र चलचित्रको प्रमुख पात्र पनि उनी नै हुन् । चलचित्रको कथा हरिवंश आफैँले लेखेका हुन् । निर्देशक खनाल माघ २१ बाट छायाङ्नमा निस्कने योजनामा छन् । चलचित्रका निर्माता भने सरोज ओली हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com