सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको हो ।
बाँकेको नेपालगञ्जमा सञ्चालित दुई हल सिने रोयल र क्युएफएक्स बागेश्वरीले ‘ह्रस्व दीर्घ’लाई १५ शोज उपलब्ध गराएका छन् । ती सवै शो राताम्य देखिएका छन् । सिने रोयलले उपलब्ध गराएका १० शो र क्युएफएक्स बागेश्वरीले चलचित्रलाई ५ शो उपलब्ध गराएका छन् । बिहानी शोबाट नै चलचित्रलाई आज उल्लेख्य साथ पाइरहेको छ ।
चलचित्रलाई दर्शकको उच्च साथ मिलेसँगै निर्माण टिम आज दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज पुगेको हो । चलचित्रकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, भारतीय अभिनेता प्रदीप सिंह रावत र निर्देशक चन्द्र पन्त बुधबार बाँकेको नेपालगञ्ज पुगेका हुन् । भारतीय अभिनेता प्रदीप नेपालगञ्ज बाट नै भारत फर्किन लागेको निर्देशक पन्तले बताए ।
यसैबीच चलचित्रको निर्माण टिमले ४ दिने बक्सअफिस कलेक्सन रिपोर्ट समेत सार्वजनिक गरेको छ । चलचित्रले ४ दिनमा ३ करोड ६५ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिएका छन् । चलचित्रले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख ग्रसकलेक्सन गरेको बितरक कम्पनि ब्यंकटेश इन्टरटेनमेन्ट उल्लेख गरेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।
प्रतिक्रिया