सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘मायावी’को नयाँ गीत ‘टल टल टल्कियो’ सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘टल टल टल्कियो’ गीतमा एसडी योगी र रेश्मा पुनको स्वर छ। गीतका शब्द राम अविरल विष्टका हुन्। सङ्गीत एसडी योगीकै छ। इन्गेजमेन्टको परिवेशमा रहेर निर्माण गरिएको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

भिडियोमा चलचित्रका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईँ, करिष्मा श्रेष्ठ, समिम खान फिचर्ड छन्। यस गीतले चलचित्रलाई लिएर कौतुहलता बढाएको छ। यो गीत पस्चात गीतमा त्रिकोणात्मक प्रेम कथा पो देखाउन खोजिएको जस्तो भान हुन्छ । हातैमा रै’गो तानेको एकका अर्कैलाई परेछ पिरिमको ठेक्का शब्दले त्रिकोणात्मक प्रेम तर्फ सङ्केत गर्छ। चलचित्रको छायाङ्कनको समय दीपिका गर्भवती थिइन् । यो भिडियोमा उनको तत्कालीन अवस्थाको आकलन दर्शकले लगाउन सक्छन् । समग्रमा गीत सुन्न लायक गीत बनेको छ ।

निर्देशक दिवाकर भट्टराईको कथा तथा लेखन रहेको ‘मायावी’ को निर्माता धुर्वा न्यौपाने, राज कटुवाल, चन्द्र पन्त हुन्। चलचित्र महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउनेछ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com