सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको साथै निर्देशक दीपेन्द्र लामा लिखित तथा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘दुःखी आत्मा’ को कवी श्रवण मुकारुङ्को लेखन रहेको एउटा मीठो ब्रेकअप कविता सार्वजनिक भएको छ ।
कविताले चलचित्रको कथावस्तुबारे जानकारी गराउछ । दयाहाङ राई, आँचल शर्माको चलचित्र भित्रको चरित्र, यौन मनोविज्ञान र बाहिर मानिस खुसी भएपनि भित्र भित्रै ऊ कति दुखी छ भन्ने थिमलाई कविताले दर्शाउन खोजेको छ ।
चलचित्रमा दयाहाङ राई, आँचल शर्मा,अनुपविक्रम शाहि,दिया मास्के र शिशिर बाङदेल लगायतका कलाकारहरुको अभिनय रहेको छ |
चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता सामेल गरिएको छ । आलोक शुक्लाद्वारा छायांकन गरिएको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका छन । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
चलचित्र ‘दुःखी आत्मा’ फागुन २ गते (भ्यालेन्टाइन्स डे) प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया