सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता तथा निर्देशक रिमेश अधिकारीले आज वसन्त पञ्चमीको शुभ दिनमा परेको आफ्नो जन्मदिनको अवसर पारेर आफुले बनाउन लागेको नयाँ चलचित्र ‘योगमाया’ को निर्माण र निर्देशनको घोषणा आफ्नो सामाजिक संजाल मार्फत गरेका छन् ।
आज बिहान पशुपतिनाथको मन्दिर पुगेर निर्देशक अधिकारीले आफ्नो चलचित्र ‘योगमाया’ को स्क्रिप्ट पूजा गरेका छन् । ’ नेपालकै एक क्रान्तिकारी महिला योद्धा ‘योगमाया’ को जीवनीमा तयार गरेको स्क्रिप्ट पूजा गरेर निर्देशक रिमेश अधिकारीले आज वसन्त पञ्चमीको शुभ दिनमा चलचित्रको औपचारिक घोषणा गरेका छन् ।
कलाकार तथा प्राविधिकहरुको चयन कार्य बाकि रहेको चलचित्र ‘योगमाया’ को छिट्टै नै कार्यक्रम आयोजना गरेर सबै कुराको जानकारी गराउने कार्यक्रम निर्माण टिम को रहेको छ ।
प्रतिक्रिया