सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यसवर्षको व्यवसायिक सफलता हासिल गरेको चलचित्र ‘घरज्वाइँ’ निर्माण टीमले नयाँ चलचित्र ‘मितज्यू’ निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमीको अवसर पारे जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा चलचित्र ‘मितज्यू’ घोषणा गरिएको हो ।
सोमबार सार्वजनिक चलचित्रको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । चलचित्रको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।
यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको चलचित्र वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो वर्ष ५१ औं दिन मनाउने चलचित्र सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन चलचित्रले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रलाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने चलचित्रमा को-को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् । केही दिनपछि बाट चलचित्रको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् । महेश राईको लेखन रहेको चलचित्रका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् । नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन् ।
प्रतिक्रिया