सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्वर्गीय वरिष्ठ निर्देशक शिव रेग्मीकि भान्जी एकता पौडेलले पहिलो पटक निर्देशन गर्न लागेकी छिन ।  उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् साथै उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।

उनले निर्देशन गर्न लागेको चलचित्र  ‘हर्ष’ मा कलाकारहरु अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मा लाई अनुबन्धित गरिएको छ । लाई जोडी बाँध्दै ‘हर्ष’ फिल्म बन्ने भएको छ ।चलचित्रलाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् ।

चलचित्रलाई ई-प्राइम मुभिजको ब्यानरमा निर्माण गरिने भएको छ । चलाच्गित्रमा लगानी प्रसन्न पौडेल र विकास पौडेलले गर्नेछन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल रहेका छन् । आलोक शुक्लाको छायांकन रहने चलचित्रमा निर्माण नियन्त्रक इश्वर घिमिरे हुनेछन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com