सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक यश कुमारले सांगीतिक चलचित्र ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक सिनेमाको भिडियो सार्वजनिक गरिएको हो ।

उनको नयाँ सांगीतिक चलचित्रको भिडियो सार्वजनिक कार्यक्रमका बरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रुपमा सहभागी थिए । उनले कार्यक्रममा बोल्दै गायक यश कुमार बिना संगीत क्षेत्र नै अधुरो हुने बताए । विगत ३ दशक यता उनले नेपाली संगीत क्षेत्रमा यश कुमारले फरक गीत तथा संगीत मार्फत् आफुलाई स्थापित गरेको बताए ।

यो गीतमा गायक यश कुमार र स्मिता प्रधानको स्वर छ । भिडियोमा समेत उनीहरुले नै अभिनय गरेका छन् । सार्वजनिक गीतको शब्द रचना, संगीत तथा भिडियो निर्देशन समेत गायक यश कुमारले नै गरेका हुन् । भिडियोमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाको समेत अभिनय रहेको छ ।

दिनेश पराजुली एण्ड टिमको छायांकन रहेको भिडियोका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमाला हुन् ।

 

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com