सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत २८ गतेबाट रिलिज तयारीमा रहेको क्राइम-थ्रिलर नयाँ चलचित्र ‘११:५५’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा पात्रहरु बीचको लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ ।

कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल आदिको अभिनय रहेको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका छन्। केशव पाण्डेको कथा रहेको चलचित्रमा पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

चलचित्रको निर्मातामा श्याम शर्मा र सरोजा शर्मा रहेका छन् भने कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युमन मिश्रको डिओपी तथा रामशरण उप्रेतीको छायांकन रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com