सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सेभेन सिज सिनेमाले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पश्चात नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेको  छ। आज आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले  चलचित्र आगामी साउन २४ गते प्रदर्शनमा ल्याउने जानकारी गराएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्दैछन भने चलचित्रको लागि मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहने छन् । चलचित्रमा निर्माताद्वय विनोद पौडेल र गुञ्जन गिरी हुनेछन  ।

चलचित्रलाई हिन्दी र नेपाली दुवै भाषामा प्रदर्शन गराउने जानकारी चलचित्र निर्माण पक्षले गराएका छन्  ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com