सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुनको २९ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘आउटलः दफा २१९’ को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि ब्यङ्ग हानेको  छ । देशमा कानुन अन्धो भैदिंदा   नारीहरुको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज उठाईएको  छ ।

नितु पुनले आवज भरिएको गीतमा मिस्टर डीको र्याप र संगीत रहेको छ  । गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले चलचित्र  छायांकन गरेका हुन् ।

चलचित्रमा कलाकारहरु सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।

विक्की महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।

चुल्ठे काजीको एक्सन रहेको चलचित्रमा साहिल खानको सम्पादन छ । चलचित्रको ट्रेलरलाई दर्शकको उच्च साथ मिलेको छ । यसको मेकिङ, प्रस्तुति, कलाकारहरुको अभिनय र एक्सनको सर्वत्र तारिफ भइरहेको छ । यसैले, चलचित्रले दर्शकको सुखद साथ पाउने विश्वास गरिएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com