सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली चलचित्र ‘कर्मा’ को नायीका उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स चलचित्र निर्माण टिमले सार्वजनिक गरेको छ । चलचित्रमा उपासना अभिनेता विपीन कार्कीको अपोजिटमा रहेकी छिन् ।

सार्वजनिक लुक्समा उनी सामान्य कुर्था-सुरुवालमा देखिएकी छिन् । उपासनाको क्यारेक्टर बाहेक अन्य खासै केही देखाइएको छैन ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको हो ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन चलचित्र हुनेछ  । ‘कर्मा’ मा कलाकारहरु  विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देवलगायतकाहरुको अभिनय रहेको छ ।

एक्सन ड्रामा जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । ‘कर्मा’ ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्र ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com