सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज फागुपूर्णिमाको अवसरमा,चलचित्र ‘आउट लः दफा २१९’ बिहीबारबाट प्रदर्शनमा आएको छ । ‘आउटलः दफा २१९’ लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । यो चलचित्र हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।
सुशिल श्रेष्ठको शीर्ष भूमिका रहेको साथै प्रदर्शन तयारीमा रहेका चलचित्र ‘आउटलः दफा २१९’ ले १०७ शो पाएको छ। हलले प्रदर्शन तयारीमा रहेको चलचित्रको एड्भान्स टिकट बिक्री थालेका छन् । चलचित्रको बुधवारदेखि नै देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतिक्षित रुपमा रहेको चलचित्रलाई मल्टिप्लेक्सहरुले सुखद शो दिएका छन् । हलमा चलचित्रको उच्च चाप छ । यसैले,चलचित्रले पाएको शोलाई सुखद मानिएको छ । एक्सन जनरामा निर्माण भएको चलचित्रले एउटा मुद्दालाई समेत उठान गरेको छ ।
चलचित्रमा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । चलचित्रमा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।
फिल्मलाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । आज होली भएकाले बिहानी शोमा चलचित्र उपलब्ध छैन । मध्यान्नबाट भने दर्शकले देशभरका हलमा चलचित्र हेर्न पाउने छन् ।चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचेका कारण पनि यसले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।
फागु पूर्णिमाको अवसरमा विहीबारदेखि देशब्यापी ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आउँदैछन् । शुक्रबारदेखि भने ‘राजागञ्ज’ रिलिज तयारीमा छ ।
प्रतिक्रिया