सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को ट्रेलर शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ४ मिनेट ५ सेकेन्ड लामो चलचित्रको ट्रेलरले नेपाली समाजमा जातप्रथाका कारण उत्पन्न हुने जातीय विभेदलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमार्फत चलचित्रले नेपाली समाजको यथार्थ, जातीय विभेदीकरण, देखाउने कोशिश गरेको छ । ट्रेलरमा स्कूले बेलाका प्रेमीहरूको, अन्तरजातीय विभेदका कारण सम्बन्धमा आएको दुरी देखि नेपालीले भोगेको द्वन्द्वसम्मका कुरा देखाइएको छ ।

चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रमा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाचलचित्रको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले चलचित्रलाई वितरण गर्नेछन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com