सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र
‘हर्ष’को छायांकन प्याकअप भएको छ । डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । ४० दिनको सेड्युलमा छायांकनमा निस्केका थियौं । निर्माण टिमको उत्साहपुर्ण कामले सेड्युल भन्दा ५ दिन अगावै छायांकन सकिएको उनले बताइन् ।
निर्देशक पौडेल चलचित्रको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको उनले जानकारी दिइन् । चलचित्रमा ५ गीत समावेश गरिएको र ती सवै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफु र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन् । हालसम्म चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन् । चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम सकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ ।
चलचित्रमा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।
डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्रमेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।
पारिवारिक सामाजिक कथा पस्किने चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ । लोकेश बज्राचार्यले सम्पादन गर्ने चलचित्रमा सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ ।
ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।
प्रतिक्रिया