सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अनमोल केसी, केदार घिमिरे र आँचल शर्मा,जशिता गुरुङ अभिनित चलचित्र  ‘जेरी अन टप’ को प्रदर्शन मिति तय भएको छ । असोज ३१ गते, तिहारको छेको पारेर चलचित्र देशब्यापीरुपमा प्रदर्शनमा आउनेछ ।

निर्माता सरोज न्यौपानेले वितरकसँगको सहमतिमा प्रदर्शन मिति फाइनल गरेका छन् । ६० दिन लगाएर मुस्ताङ, काठमाडौं र लुक्लामा  चलचित्रको छायांकन गरिएको छ । चलचित्रको बाँकी २ गीत भारतको पोन्डीचेरी र काठमाडौंमा छायांकन  तयारी रहेको छ ।

निर्माताले हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार न्यूनतम सुनिश्चितता (एमजी)मा बिक्री गरेका छन् । विदेशको सबै राइटबाट लगानीको आधा रिकभर हुने हिसाब निर्माताको छ ।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्  ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com