सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ नेपाली चलचित्र ‘कल्ली’ को प्रदर्शन मिति कात्तिक २१ गतेको लागि तय गरिएको छ । तिहारको दुई साता पछि चलचित्र प्रदर्शन गर्न लागेको साथै वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन् ।
हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा चलचित्र तयार भएको छ ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निसाल पौडेलको छायांकन रहेको चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्म्सले चलचित्रलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् ।
प्रतिक्रिया