सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज  शुक्रबारबाट प्रदर्शनमा दुई नेपाली चलचित्र ‘पिताम्बर र कर्मा’ आएका छन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी चलचित्रका लागि बुकिङ खुलाएका थिए । दुबै चलचित्रलाई सन्तोषजनक शो दिएका छन् । दुबै चलचित्र एक्सन जनरामा बनेका छन् ।

दुबै चलचित्रका निर्माता तथा निर्देशक यी चलचित्रले दर्शकको मन जित्ने कुरामा आशावादी देखिएका छन् । दुबै चलचित्रमा बलियो स्टारकास्ट भएकाले पनि दुबै चलचित्रका निर्माता आफ्नो चलचित्रले दर्शकलाई चलचित्र हलसम्म ल्याउने कुरामा ढुक्क देखिएका हुन् ।

कृषा चौलागाइको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै, सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘कर्मा’ मा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यी दुबै चलचित्रबाट नेपाली फिल्म क्षेत्रले ठूलो आशा राखेका छन् । दुबै चलचित्रको व्यापारले नेपाली फिल्म क्षेत्रमा नयाँ तरंग पैदा गर्न सक्ने देखिन्छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com