सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । आउँदो जेठ २ मा प्रदर्शन हुने चलचित्रको टिजर “भन्छ्न मर्नेको सकिन्छ, मलाई लाग्छ मायै हो भने बाँच्ने पो को सकिन्छ..” भन्ने पंक्ति बाट शुरु गरिएको छ । जो पशुपती आर्यघाटमा जलिरहेको चितालाइ देखेर आफ्नो कुरा राख्छ ।
चलचित्रका मुख्य पात्रहरुलाई राखेर प्रस्तुत गरिएको टिजर बास्तबिक जिवन संग नजिक रहेर,हरेक दैनिकीमा मानीसहरुले भोग्नु पर्ने जिवन शैलीलाई उजागार गरि देखाइएको छ ।
चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।
‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले चलचित्रको लागि लेखनको काम गरेका छन् ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कृष्णबहादुर थापाको छायांकन रहेको छ । नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको चलचित्रमा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
प्रतिक्रिया