सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ बर्ष २०८२ को पहिलो दिन नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र ‘पुष्पलता’ बन्ने औपचारिक घोषणा गरिएको हो । सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने चलचित्र लभ स्टोरी जनरामा बन्नेछ । चलचित्रमा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनि रहेको प्रेमकथा भन्दा फरक प्रेम कथामा चलचित्र ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए । थुप्रै चलचित्रमा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठुलो पर्दामा यो डेब्यु चलचित्र हो ।

चलचित्रको दुइ वटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक थिम पोस्टरले पनि चलचित्र प्रेमकथामा बन्ने झलक दिएको छ।

चलचित्रमा कास्टिङ डाइरेक्टर संजोग रसाइली रहेका छन्, चलचित्रमा हर्क साउदको शब्द शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् । लभ स्टोरी र पारिवारिक कथामा बन्ने चलचित्रको छायांकन आगामी भदौमा गर्ने तयारी रहेको छ । ड्रेस डिजाइनर बोनिका कार्की रीत खड्का रहेका छन् भने अन्य प्राविधिक टिम र कलाकार पछि सार्वजनिक गरिने ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनले जानकारी गराएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com