सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषि लामिछाने द्वारा निर्देशित नयाँ नेपाली चलचित्र ‘माग्ने राजा’ को सम्पूर्ण छायांकन सकिएको छ । मुनाल घिमिरेद्वारा निर्मित चलचित्रको छायांकन ४३ दिनमा पूरा भएको छ ।
निर्माता मुनाल घिमिरेका अनुसार चलचित्र कुनै पनि दृष्य तथा गीतको छायांकन गर्न बाँकी नराखि निर्धारित मितिभन्दा दुई दिनअघि नै चलचित्रको सम्पूर्ण छायांकन पूरा भएको हो । नरेन्द्र मैनालीद्वारा छायांकन गरिएको चलचित्रलाई सामिप्य तिमिल्सिनाले लेखका हुन् ।
चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’ मुख्य भूमिकामा छन् । चलचित्रमा कलाकार घिमिरेसहित आर्यन सिग्देल, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल आदि कलाकारले अभिनय गरेका छन् ।
निर्माण टिमका जानकारी अनुसार चलचित्र आगामी हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया