सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता रमेश उप्रेती चलचित्र ‘महाराजधिराज’मा अनुबन्धित भएका छन् । चलचित्र ‘महाराजधिराज’को शीर्ष भूमिकामा अभिनेता पल शाह पनि रहेका छन् भने चलचित्रको शीर्षमध्येको एक भूमिकामा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् ।
लामो समयपछि उनी अभिनयमा फर्किन लागेका हुन् । पछिल्लोपटक उनी चलचित्र ‘ऐश्वर्या’मा देखिएका थिए ।
यसबीच चलचित्र ‘महाराजधिराज’मा उनीअनुबन्धित भएको खबर आएको हो ।चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्न लागेका हुन् । ‘प्रेमगञ्ज’पछि उनको यो दोस्रो निर्देशकीय चलचित्र हुनेछ । सेनले यसअघि मन्त्र, एक भागवत् गीता, पर्खि बसेँ तिमीलाई, अग्निदहनको पटकथा लेखेका छन् ।
दशैंको फूलपातिमाप्रदर्शनमा आउने भनिएको चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो । चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।
प्रतिक्रिया