सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को आज  कार्यक्रम बीच ट्रेलर  सार्वजनिक भएको छ । सहरमा बसोबास गर्ने डेरावाल र घरधनीको कथावस्तु साथै चलचित्रमा रहेका पात्रहरुको जीवनमा आउने उतार  चढावमा आधारित रहेको छ भने ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ ।

आउँदो जेठ २ मा प्रदर्शन हुने चलचित्रको ट्रेलरमा काब्यात्मक शैलीमा प्रस्तुत गरिएको न्यारेसनको पृष्ठभूमिमा ट्रेलरले चलचित्रका प्रमुख पात्रहरुको चरित्र चित्रण गरेको छ ।

चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी,हरिहर शर्मा,प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले चलचित्रको लागि लेखनको काम गरेका छन् ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कृष्णबहादुर थापाको छायांकन रहेको छ । नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको चलचित्रमा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com