सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन ३५ दिनमा सकिएको छ । चलचित्र निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गरेका थिए । चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली,भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् भने चलचित्रमा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहेको छ । नवीन गुरुङको डि वो पी  रहेको चलचित्रमा कृष्ण परियारकोछायाँकन रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com