सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – २०८० सालको ब्लकबस्टर चलचित्र ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा फेरीपनि  चलचित्र ‘जारी – २’ को पुर्बी नेपालको  पाँचथर बाट  शुभमुहूर्तसँगै छायांकन शुभारम्भ भएको छ ।

चलचित्रको सम्पूर्ण छायांकन पाँचथरमा नै हुने निर्माण पक्षले जानकारी गराएका छन्  । पाँचथर जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा चलचित्रको छायांकन हुनेछ । आउने दशैँमा प्रदर्शन हुने घोषणा गर्दै ‘जारी २’ को फर्स्टलुक सार्वजनिक गरिएको थियो ।

चलचित्रमा कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर,बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु आदिहरुको अभिनय रहने छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यारमा निर्माण हुने चलचित्रका निर्माता रामबाबु गुरुङ रहनेछन ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com