सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्टसको ब्यानरमा ‘जात्रा’,‘जात्रै जात्रा’, ‘महाजात्रा’,‘महापुरुष’ जस्ता मनोरन्जनात्मक चलचित्र निर्माण गरेर दर्शकहरुको मन जित्न सफल भएको ब्यानरले आज नयाँ चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरेको छ।

उक्त व्यानरले पहिलोपटक बाहिरी निर्देशक सँग काम गर्न लागेको छ र यस चलचित्रका लागि लेखक तथा निर्देशक यम थापा रहेका छन् । चलचित्रमा लगानी रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीको रहने छ भने भने कार्यकारी निर्माताका रुपमा निर्देशक प्रदीप भट्टराई रहनेछन ।

चलचित्र निर्माण टिमले चलचित्र घोषणासँगै रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले तयार पारेको ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गरेका छन् । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ । ‘लालीबजार’ का लागि कलाकार छनोट प्रक्रियामा रहेको छ । दसैँ लगत्तै चलचित्र छायाङ्कनमा जानेछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com